आइसीसी टी-२० विश्वकप छनाेटका लागि नेपाली टिमकाे घाेषणा

सिंगापुरमा जुलाई २२ देखि २८ तारिखसम्म हुने आइसीसी टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ।

पारस खड्काको कप्तानीमा सार्वजनिक गरिएको खेलाडीको सूचीमा प्रदिप ऐरीले टिममा पर्दा आरिफ शेख बैकल्पिक खेलाडीमा परेका छन। यो टिमले मलेसिया विरुद्ध दुर्ई वटा टी-२० खेल पनि खेल्नेछ।

छनोट भएको टिमका खेलाडीहरु: पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, सोमपाल कामी, विनाेद भण्डारी, करण केसी, सन्दिप लामिछाने, दिपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, ललित राजवंशी, पवन सराफ, अभिनाश बोहोरा, प्रदिप ऐरी छन ।

टिममा कुशल भुर्तेल, जितेन्द्र मुखीया, आरिफ शेख र सुसान भारी बैकल्पिक खेलाडीमा परेका छन। पहिलाे पटक सिनियर टिमकाे क्याम्पमा परेका अमित श्रेष्ठ र यसअघि सिनियर टिममा डेब्यु गरिसकेका सन्दिप जाेरा बैकल्पिक खेलाडीमा पनि पर्न सकेनन् ।