आइसीसीको नयाँ नियमले इपीएल दुई महिना सर्यो

एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको चौथो संस्करण दुई महिनापछाडि धकेलिएको छ।

यसअघि, मंसिर हुँदै आएको लिगको चौथो संस्करण आउँदो फागुन तेस्रो साताबाट सुरु हुने आयोजकले जनाएको छ।

सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा चौथो संस्करण फागुन १७ देखि चैत १ गतेसम्म चल्ने जनाइएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले मान्यता दिएको प्रतियोगिताका लागि ‘फ्रेन्चाइज’ टिमले ‘आइकोनिक’ खेलाडीमा टेस्ट राष्ट्रका खेलाडी अनिवार्य राख्नुपर्ने नियम बनाइएको छ।

प्रतियोगितामा योपटक पनि ललितपुर प्याट्रियट्स, काठमाडौं किंग्स इलाभेन, चितवन टाइगर्स, भैरहवा ग्याडियटर्स, पोखरा राइनोज् र विराटनगर वारियर्स गरी ६ सहरका ६ फेन्चाइज टोली रहेका छन् । ललितपुर साविक विजेता हो।