आइसिसी ट्वान्टी ट्वान्टी बरियातामा चार नेपाली खेलाडि

अन्तर्राष्ट्रिय क्रीकेट परिसद आइसिसिद्वारा सोमबार खेलाडिहरुको नयाँ ट्वान्टी ट्वान्टी बरियाता घोषणा गरिएको छ जसमध्ये नेपाली टिमका चार खेलाडी पर्न सफल भयेका छ्न ।

आइसिसी ट्वान्टी ट्वान्टी बरियातामा पर्न सफल खेलाडी:

४) वसन्त रेग्मी

वसन्त रेग्मी नेपाली रास्ट्रीय क्रीकेट टिमका होनाहार खेलाडी हुन। देब्रे हाते अर्थोडोक्स बसन्तले वल्ड क्रीकेट लिगमा पनि सय भन्दा बडि विकेट चड्काइसकेका छ्न। बलरहरुको आइसिसी ट्वान्टी ट्वान्टी बरियातामा वसन्त तीन स्थान तल खस्किदै अहिले चौहत्तरऔं स्थानमा छ्न ।

३) सोमपाल कामी

गुल्मी एक्सप्रेसको उपनामले परिचित सोमपाल कामि नेपाली रास्ट्रीय क्रीकेट टिमका भरपुर अलराउन्डर हुन भन्दा फरक नपर्ला। चाहिएको बेला टिमलाइ बलिङ ब्याटिङ दुवै पक्षबाट जितदिलाउन सक्ने सोमपाल बलरको आइसिसी ट्वान्टी ट्वान्टी बरियातामा एक स्थान माथी उक्लिदै बयानब्बे औ स्थानमा पर्न सफल भएका छ्न। येस्तै अलराउन्डरको बरियातामा कामी एकहक्तरऔं स्थानमा छ्न ।

२) सरद भेषावकर

मध्यम क्रमका ब्याट्सम्यान सरद भेषावकर नेपालि क्रीकेट टिमका उत्कृष्ट खेलाडी हुन। लामो समयदेखी नेपाललाइ धेरै पटक आफ्नै दममा जित दिलाउन सफल भएका सरद ब्याट्सम्यानहरुको आइसिसी ट्वान्टी ट्वान्टी बरियातामा ठिक सय औं स्थानमा रहन सफल भयेका छ्न ।

१) पारस खड्का

सन २००४ मा रास्ट्रीय टिममा डेब्यु गरेका पारस खड्कालाइ नेपालमा नचिन्ने मान्छे सायद कम नै होलान। सारा नेपालीका आस तथा बिस्वास पारस खड्काकै कप्तानीमा पहिलोपटक नेपालले विश्वकप खेलेको थियो। ब्याट्सम्यान तर्फको ट्वान्टी ट्वान्टी बरियातामा पारस चौरानब्बे औं स्थानमा छ्न भने अलराउन्डर तर्फ उनन्चालिस औ स्थानमा रहन सफल भएका छ्न ।