आइसिसी क्रिकेट विश्वकप २०१९ मा बन्यो खराब रेकर्ड

भक्तपुर- आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत बंगलादेश र श्रीलंकाबीचको खेल पनि रद्द भएको छ।

वर्षा कारण लगातार तेस़ो खेल रद्द गरिएको हो। वर्षाका कारण खेल टस नै नगरी रद्द गरियो। स्थानिय समयअनुसार दिउँसो सम्म वर्षा जारी रहेको थियो। श्रीलंकाको यो विश्वकपमा लगतार २ खेल रद्ध गरीएको हो । खेल रद्द गरिएपछि दुबै टिमले १–१ अंक बाँड्न बाध्य भए ।

यसअघि दुई खेल रद्द भएको हो। दक्षिण अफ्रिका र वेस्ट इन्डिज तथा पाकिस्तान तथा श्रीलंकाबीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो।

एकै विश्वकपमा तीन खेल रद्द भएको यो पहिलो पटक हो। यसअघि सन् १९९२ र २००७ मा वर्षाका कारण २ खेल रद्द भएका थिए।

३ खेल रद्द भए पछि अहिले सँमको आइसिसी क्रिकेट विश्वकपको खराब रेकर्ड बन्यो।