नेपालका स्टार लेगस्पिनर सन्दीप लामिछाने आइपिएलको सिजन २०२१ का लागि अक्सनमा बिक्न असफल भएका छन्।
Sandeep Lamichhane goes unsold in 2021 IPL Auction. Possibility he may be put up on the block a second time at some point later today.
— Peter Della Penna (@PeterDellaPenna) February 18, 2021
सिजन २०२१ का लागि बिहीबार चेन्नईमा भइरहेको मिनि अक्सनमा सन्दीपलाई भित्र्याउन कुनै पनि टिमले चासो नदेखाएका हुन्। यो सिजनमा सन्दीपको न्यूनतम पारिश्रमिक ४० लाख भारु राखिएको थियो।
सन्दीप पहिलो पटक सन् २०१८ को सिजनका लागि दिल्ली क्यापिटल्समा आबद्ध भएका थिए। त्यतिबेला उनी २० लाख भारुमा आबद्ध भएका थिए।
उनी २०१८ देखि तीन सिजन सन्दीप दिल्ली क्यापिटल्समा रहेन। सुरुवाती दुई सिजनमा मौका पाएका सन्दीपले सिजन २०२० मा मौका पाउन सकेका थिएनन्।
सन्दीपले सुरुवाती दुई सिजनमा ९ खेलमा १३ विकेट लिएका थिए।
गत सिजन दिल्लीमा रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेल जस्ता अनुभवी स्पिनर हुँदा सन्दीपले मौका पाउन सकेका थिएनन्।