आइपिएल अक्सनका लागि ८ जना खेलाडिको नाम सार्वजनिक

Cricketers Sandeep Lamichhane (left) and Sompal Kami at a press meet in Kathmandu on Friday, June 21, 2019. Photo: THT

भारतको चर्चित फ्रेन्चाईज क्रिकेट लिग इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालका ८ खेलाडीले नाम दर्ता गराएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) मार्फत ८ नेपाली खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन् ।

अक्सनका लागि क्यानले पठाएको खेलाडीको सूचीमा सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र शरद भेषवाकर रहेका छन् ।

यस्तै दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल र अविनास बोहोरा अक्सनमा रहेको क्यानले जनाएको छ ।

सन्दीपले यस अघिका तीन सिजन आईपीएल खेलिसकेका छन् । दिल्ली क्यापिटल्सले सन्दीपलाई हालै रिलिज गरेको थियो ।

अन्य खेलाडीले आईपीएल खेलेका छैनन् ।

आगामी सिजनको आईपीएलका लागि कुल १ हजार ९७ जना खेलाडीले अक्सनका लागि नाम दर्ता गरेका छन् ।

आईपीएलको नयाँ सिजनका लागि भारतका ८ सय १४ र बाहिरका २ सय ८३ खेलाडी अक्सनमा परेका छन् ।

आईपीएलको अक्सन चेन्नेईमा फेब्रुअरी १८ मा आयोजना गर्ने बीसीसीआईको तयारी छ ।

अक्सन नेपाली समय अनुसार दिउँसो सवाँ ३ बजे सुरु हुनेछ ।