आइएसएल क्लब चेन्नाइयन एफसीको प्रशिक्षकमा बान्डोविच

एजेन्सी, आइएसएल क्लब चेन्नाइयन एफसीले शनिबार नया प्रशिक्षकलाई सार्वजनिक गरेको छ। दुई पटक बिजेता चेन्नाइयनले आगामी सिजनलाई मध्यनजर गर्दै बोजिदार बान्डोविचलाई नियुक्त गरेको हो।

५१ वर्षिय मोन्टेनेफ्रोनले एक बर्षको सम्झौता गरेको छ। जाबा ल्यास्जिओले क्लब छोडे पछि उनको स्थानमा बान्डोविचले क्लब सम्हाल्ने छ।

गत सिजन आक्रमक शैली खेलेका चेन्नाइयन गोलमा चुक्दा आठौं स्थानमा चित्त बुझाउन पर्यो।

उसले गत सिजनको लिग दौरान मात्र १७ गोल गर्यो भने २० खेलबाट २० अंल जोड्न सफल रह्यो।