बुधवार बिहान बार्सिलोनाको प्रशिक्षण मैदानबाट बाहिर निस्कँदा लुइस सुआरेजको आँखाबाट आँसु झरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ, उनि बार्साबाट एटलेटिको म्याड्रिड जाने अपेक्षा गरिएको छ र उनि अन्तिम पटक आफ्नो टिम मेटहरुलाई विदाई दिन बार्सिलोनाको प्रशिक्षण मैदान पुगेका थिए।
Luis Suarez is crying while he leaves Barcelona training ground… he’s joining Atlético Madrid. Confirmed. ⚪️🔴 #FCB #Atleti #transfers https://t.co/2F86t2fpUq
— Fabrizio Romano (@FabrizioRomano) September 23, 2020
बार्सिलोनाको प्रशिक्षण मैदानबाट घर फर्किने क्रममा उनि भावक हुन पुगे र उनले आफ्नो आँखाबाट आँसु पुछे। ३३ वर्षका स्टारले ६ वर्ष बार्सामा बिताए। उनि २०१४मा लिभरपूलबाट बार्सा आएका थिए र हाल उनि क्लबको तेस्रो सबै समयको शीर्ष गोल स्कोर बनेका छन् भने उनले क्लबमा च्याम्पियन्स लिग सहित धेरै उपाधि पनि जिते।
❗️| Luis Suarez has said goodbye to his teammates at the Ciutat Esportiva today. His departure will be made official within a few days. He was spotted leaving Ciutat Esportiva in his car crying. [@gerardromero] [@JosepSoldado] pic.twitter.com/O61KIDoCWk
— La Senyera (@LaSenyera) September 23, 2020
बार्साका अन्य खेलाडीहरु संग सुआरेजको राम्रो र बलियो सम्बन्ध बनेको थियो विशेष गरी मेस्सीको साथ। हाल नयाँ कोचको योजनामा सुआरेज नहुने भए पछि उनि संग बार्साले आफ्नो अनुबन्ध रद्द गरेको छ र उनि अब एटलेटिको म्याड्रिड जाने खबर छ र उनि बार्साका खेलाडीहरुलाई विदाई भन्न प्रशिक्षण मैदान पुगेका थिए जुन उनको लागि निकै भावनात्मक हुन पुग्यो।