विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्व खेलका लागि नेपालको सुरुवाती-११ को घोषणा भएको छ ।
प्रशिक्षक योहान कालिनले अष्ट्रेलियाविरुद्ध मुख्य फरवार्डमा अविशेक रिजाललाई मौका दिएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले औपचारिक रुपमा प्लेईङ-११ सार्वजनिक नगरेपनि एन्फा स्रोतले अविशेक सुरुवाती-११ मा परेको बताए ।
यसअघि चाईनिज ताइपेविरुद्ध विमल घर्ति मगरलाई सुरुवाती-११ मा राखिएको थियो । अष्ट्रेलियाविरुद्ध विमल बेन्चमा रहने छन् ।
अन्य खेलाडी भने ताइपेसँग मैदान उत्रदाकै खेलाडी रहेका छन् ।
मिडफिल्डमा विशाल राई, सुजल श्रेष्ठ, अन्जन विष्ट, रोहित चन्द र रवि पासवान रहेका छन् ।
यस्तै डिफेन्समा अनन्त तामाङ, देबेन्द्र तामाङ, दिनेश राजवंशी र रंजित धिमाल रहेका छन् ।
प्लेईङ सेटमा नियमित खेल्दै आएका बिक्रम लामालाई आराम दिईएको छ ।
गोलकिपर र कप्तानमा किरण चेन्जोङ छन् ।
नेपालको प्लेईङ -११ :
गोलकिपर : किरण चेम्जोङ
डिफेन्डर : अनन्त तामाङ, देबेन्द्र तामाङ, दिनेश राजवंशी , रञ्जित धिमाल
मिडफिल्डर : रोहित चन्द, अन्जन बिष्ट, सुजल श्रेष्ठ, विशाल राई, रबि पासवान
फरवार्ड : अविशेक रिजाल