अस्ट्रेलियाका स्मिथले सचिन र विराटलाइ पछि पार्दै बनाए यस्तो रेकर्ड

अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथले टेस्ट क्रिकेटमा सचिन तेन्दुलकर र विराट कोहलीको किर्तिमान भङ्ग गरिदिएका छन् ।
उनले टेस्ट क्यारियरको २४ औं शतक लगाउँदै कम पारीमा यो उपलब्धि हासिल गर्ने खेलाडी बनेका छन् । उनले ११८ औं पारीमा २४ औं शतक लगाएका हुन् ।

भारतका दिग्गज क्रिकेटर सचिन तेन्दुलकरले १२५ औं र विराट कोहलीले १२५ औं पारीमा २४ औं शतक लगाएका छन् । तर सबैभन्दा छिटो ३४ औं टेस्ट शतक लगाउने रेकर्ड भने डन ब्राडम्यानको नाममा रहेको छ । उनले मात्र ६६ औं पारीमा २४ औं शतक प्रहार गरेका थिए ।

स्मिथ यस अघि विश्वका नम्बर एक ब्याट्सम्यान रहिसकेका छन् ।लगभग १६ महिना अघि ‘बल टेम्परिङ’को आरोप लागेपछि उनीमाथि प्रतिबन्ध लागेको थियो ।प्रतिबन्ध फुकुवा भएपछि उनले एसेज शृंखलामा इङल्याण्डविरुद्ध पहिलो टेस्ट खेल्ने क्रममा शानदार ब्याटिङ गरे ।

जम्मा १४४ रनको भव्य पारी खेलेका स्मिथले आफ्नो रेकर्ड मात्र बनाएनन् बरु अस्ट्रेलियाको टीमलाई पनि संकटबाट जोगाए ।