अस्ट्रेलियन गोलरक्षक रियल सोसियाड्याड जाने तयारीमा

एजेन्सी, ब्राइटनका गोलरक्षक म्याट रायन स्पेनिस क्लब रियल सोसियाड्याड जाने तयारीमा रहेको छ। गत सिजन आर्सनलमा लोनमा पुगेका रायन ब्राइटनको दोश्रो रोजाइका किपर रहेका छन।

स्पेनिस क्लबमा पहिलो रोजाइमा खेल्ने मौका पाए पछि उनी त्यस तर्फा जान लागेका हुन। उनलाइ स्कटिश क्लब सेल्टिकले पनि पछ्याइ रहेको छ।

२९ बर्षिय गोलरक्षकको ब्राइटनबाट १ बर्षको सम्झौता बाकी रहेको अवस्थामा उनी सोसियाड्याड जान लागेका हुन। दुइ क्लब बिच ट्रान्सफर रकममा सम्झौता भए पछि उनको यसै साता मेडिकलको जाँच हुनेछ।

गत सिजनको सुरुवातमा पहिलो रोजाइमा पर्न सफल रायन प्रदशनमा गिरावत आए पछि उनलाइ अर्को किपर रोबेर्ट स्यान्चेजले प्रतिस्थापन गरेका हुन।

स्यान्चेजको उत्कृष्ट प्रदशनसंगै रायनको ब्राइटनमा भबिस्य अनिश्चित भएको हो।

जानवरीमा आर्सनल आएका रायनले ३ खेल खेल्दा १ जित, १ हार र १ बराबरी खेले जस्मा उनले एउटा मात्र क्लिन शिट राख्न सक्यो।