अष्ट्रेलियामा हुने नेपालको विश्वकप छनौटको खेल कति बजे? पुरा जानकारी

फिफा विश्वकप २०२२ को एसियाली छनौटतर्फ नेपाल र अष्ट्रेलियाबीच अकटोबर १० का दिन हुने खेलको समय तय भएको छ ।

अष्ट्रेलिया एफएका अनुसार क्यानबेरा स्थित जियो स्टेडियममा हुने सो म्याच स्थानीय समयअनुसार ७:३० बजे शुरु हुनेछ ।

सो म्याचका लागि टिकट बिक्री मंगलबारदेखि शुरु हुने समेत बताइएको छ । स्मरणीय छ, फिफा विश्वकपको दोस्रो चरणको एसियाली छनौटतर्फ समूह बी मा परेको नेपालले अष्ट्रेलियासँगै कुवेत, जोर्डन र चाइनिज ताइपेइ विरुद्ध खेल्नेछ तय भईसकेको छ ।