एजेन्सी । अष्ट्रेलियाका पुर्व विकेट किपर रोड मार्सको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको हो ।
उनी गत बिहिबार अस्वस्थ भएको थियो । त्यस, बेला उनी च्यारिटी क्रिकेटका लागि क्विन्सल्यान्डमा थिए ।
अष्ट्रेलियाका लागि उनले १९७०-१९८४ सम्म खेल्दा ९६ टेस्ट खेल खेल्दा ९२ एक दिवसीय क्रिकेट खेलेका थिए ।
त्यस्तै, २०१६ मा अष्ट्रेलियन पुरुष छनोट समितिको समेत अध्यक्ष रहेर काम गरिसकेका छन ।
मार्सको निधनमा अष्ट्रेलियन क्रिकेट खेलाडिहरुले दुख व्यक्त गरेका छन ।