अष्ट्रेलियन ब्याट्सम्यान ह्यान्ड्कोम्बमा कोरोना भाइरस पुष्टि

एजेन्सी, अष्ट्रेलियन ब्याट्सम्यान पिटर ह्यान्ड्कोम्बलाई कोरोना भाइरस पुष्टि भएको छ। मिडल्सेक्सको नेतृत्व गरेका पिटर संक्रमण पुष्टि भए पछि आइसोलेसनमा बसेका छन।

कौन्टी च्याम्पियनसिपमा खासै प्रभाव जमाउन नसकेका ह्यान्ड्कोम्बले सात खेलमा मात्र एक अर्धशतक प्रहार गरेका छन।

पिटरले अष्ट्रेलियाका लागि अन्तिम टेस्ट क्रीकेट जानवरी २०१९ मा खेलेका थिए। त्येस्तै, उनले आफ्ना देशका लागि सोही बर्षको जुलाइमा अन्तिम खेल खेले।

उनले टेस्ट क्रीकेटमा १६ खेल खेल्दै ९३४ रन बनाएका छन। औसत ३८ रन प्रती खेलमा। एक दिवसिय क्रीकेटमा भने २२ खेल खेल्दै ६३२ रन जोडे।

समुह २ मा रहेको मिडल्सेक्स अंक तालिकाको पुछारमा रहेको छ। उसले ६३ अंक जोडै एक खेल जितेको छ। यस्तै, ९ खेल खेल्दा ७ मा पराजय भोगेको छ।