अवार्ड नजित्ने पक्का भएरै रोनाल्डो हिजो को कार्यक्रममा उपस्थित भएनन्

हिजो राति भएको यूरोपियन अवार्ड समारोह हुँदा क्रिस्टियानो रोनाल्डो कार्यक्रममा उपस्थित नै भएनन् । हालै ट्रान्सफर विन्डोमा रियलबाट इटालियन क्लब युभेन्टस् गएका रोनाल्डोलाई युईएफएले कार्यक्रमको लागि निम्तो दिएको थियो । तर, सिजन २०१७–१८ को सर्वोत्कृष्ट खेलाडीको उत्कृष्ट तीन मा छानिएका रोनाल्डोले कुनै पनि आधिकारिक जानकारी नै नगराई कार्यक्रमा उपस्थित भएनन् ।

युईएफए उत्कृष्ट गोल अवार्ड प्राप्त गरेका रोनाल्डोको पुरस्कार लिने मानिस कोही पनि भएन । आयोजकले भने रोनाल्डोको लागि सिट राखिदिएको थियो । तर, रोनाल्डोको लागि महत्वपूर्ण उपाधि भनेको यूरोपियन वर्ष खेलाडी थियो । उनले सो उपाधि नपाउने पहिले नै पक्काजस्तै भइसकेको थियो । आफूले उपाधि नपाउने डरले रोनाल्डो समारोहमा उपस्थित नभएको रियल मड्रिड निकट समाचार संस्था मार्सा ले उल्लेख गरेको छ ।

तर, रोनाल्डोको क्लब युभेन्टसका जनरल डाइरेक्टर जिउस्पी मोराटाले रोनाल्डोको आउनु नआउनुमा उनको व्यक्तिगत निर्णय रहेको यसमा क्लबको कुनै हात नरहेको बताएका छन् ।

रोनाल्डोलाई उनकै पूर्व सहकर्मी लुका मोड्रिचले पराजित गरेका थिए । मोड्रिडले रोनाल्डोभन्दा ९० मत बढी पाएका थिए । मोड्रिडले ३ सय १३ मत पाएका थिए भने सलाहले १ सय ३४ मत पाएका थिए ।