अष्ट्रेलिया टोरमा रहेको बार्सिलोनाले मैत्रीपुर्ण खेलमा ए-लिग अल स्टारमाथी जित निकालेको छ ।
सिड्नीमा भएको खेलमा बार्साले ३-२ ले जित हात पारेको हो ।
खेलमा बार्सिलोनाले ३३ औं मिनेटमा डेम्बेलेको गोल मार्फत अग्रता बनाएको थियो ।
४६ औं मिनेटमा पिस्कोपोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
५२ औं मिनेटमा अल स्टारका ट्राओरेले गोल गर्दै २-१ बनाए ।
७१ औं मिनेटमा बार्साका ट्राओरेले गोल गर्दै २-२ को बराबरीमा ल्याए ।
७६ औं मिनेटमा फाटीले गोल गर्दै बार्सिलोनालाई ३-२ को रोमान्चक जित दिलाउन सफल भयो ।