प्री-सिजन मैत्रीपुर्ण खेलमा रोनाल्डो सम्मिलित साउदी क्लब अल नासरले स्पेनिस क्लब सेल्टा भिगोबिरुद्ध ५-० को फराकिलो हार बेहिरेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा भने सेल्टाले गोलको वर्षा गरेको थियो ।
रोनाल्डोले पहिलो हाफमा पाएको सुवर्ण अवसरको सदुपयोग गर्न नसक्दा अल नासर अग्रता लिनबाट चुकेको थियो । रोनाल्डोले खेलको पहिलो हाफ मात्र खेलेका थिए ।
सेल्टाका लागि गेल जन्सनले सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि मिगेल रोड्रीग्वेज र जोर्गेन लार्सनले २-२ गोल थप्दै स्पेनिस टोलीको फराकिलो जित पक्का गरे ।
सेल्टा भिगो गत सिजन ला लिगामा १३ औं स्थानमा रहेको थियो ।
अल नासरले अब मैत्रीपूर्ण खेलमा युरोपेली च्याम्पियन्स लिग क्लबहरु बेन्फिका, पिएसजी र इन्टर मिलानको सामना गर्नेछ ।