अल्फोन्सो डेभिस र उनको गर्लफ्रेंड जोर्डिन हुएटेमाले इतिहास बनाउन नजिक छन्- पुरुष र महिला च्याम्पियन्स लिग एउटै सीजनमा जित्ने उनीहरु पहिलो जोडी बन्न सक्ने छन्।
If Bayern Munich win the champions league and psg women are crown champion of the women champions league …. THIS TWO WILL BE THE FIRST COUPLE TO DO SO 😍😋😋…
Alphonso Davies and his girlfriend Jordyn Huitema…. 🏃🏃🏃 pic.twitter.com/xqSMYVF4mY— 𝕄𝕪𝕜𝕖 𝔻𝔼𝔼👁️🗨️ (@gentle_myke) August 20, 2020
बायर्न म्युनिखका स्टार लेफ्ट ब्याक अल्फोन्सो डेभिस पिएसजी बिरुद्ध च्याम्पियन्स लिगमा खेल्दै छन् भने संयोगवश उनको गर्लफ्रेंडजोर्डिन हुएटेमा जो पिएसजी महिला टिममा खेल्दै छन्, पनि अगस्त महिनामा महिला यूरोपीय लिग जित्न सक्छन।
उनको पिएसजी टीम शनिबार क्वार्टर फाइनलमा आर्सेनलको साथ खेल्दै छ र सेमी फाइनलमा बायर्न म्युनिख र लियोन खेलको विजेता टिम संग खेल्ने छ।
Bayern’s Alphonso Davies and girlfriend Jordyn Huitema could become first ‘couple’ to win Champions League#TheRealKashmirNews#ChampionsLeaguehttps://t.co/yKA7CtXhVM
— The RealKashmir News (@TheRealKashmir_) August 21, 2020
महिला च्याम्पियन्स लिग फाइनल अगस्त ३०मा हुने छ। उक्त जोडी संग च्याम्पियन्स लिग जित्ने मौका छ र पहिलो च्याम्पियन्स लिग-विजेता जोडी बनेर ईतिहास बनाउन सक्ने छन्।
क्यानाडियन जोडी १६ बर्सको उमेर देखि संगै थिए र दुबैले २०१७माक्यानाडाको अण्डर १७ प्लेयर अफ द ईयर पुरस्कार जितेका थिए र हाल दुई च्याम्पियन्स लिगको लागि प्रतिस्पर्धा गर्दै छन्।