अर्सेनलले यस्तो हास्यास्पद गोल खाए पछि

प्रिमियर लिगमा अर्सेनल र बर्नले बिचको खेल निकै विवादास्पद रह्यो खेलमा स्पष्ट ह्याण्ड बलमा अर्सेनलले पेनाल्टी पाएनन् भने पाएको पेनाल्टी पनि भिएआरले रद्द गरेको थियो।

खेलको छैटौँ मिनेट मै अर्सेनलले अउबमेयाङको गोलमा अग्रता लिएको थियो तर खेलको ३९औ मिनेटमा अर्सेनलले यस्तो हास्यास्पद गोल खान पुग्यो।

खेलको ३९औ मिनेटमा अर्सेनलका गोलकिपर लेनोले मिडफिल्डर ग्रानित जाकालाई डि-बक्समा पास दिएका थिए सो बल क्ल्यार गर्ने क्रममा जाकाको शक्तिशाली सट बर्नलेका क्रिस वुद सँग ठोक्न पुग्यो र बल अर्सेनलको पोस्ट भित्र पस्यो र अर्सेनलले यस्तो हास्यास्पद गोल खान पुग्यो।

उक्त खेल १-१को बराबरीमा अन्त्य भएको थियो। खेल भिएआर र रेफ्रीको निर्णयको कारण निकै विवादास्पद बनेको थियो।