अर्सेनललाई किन्ने प्रयास गर्दै स्वीडिश अरबपति

अर्सेनलका अमेरिकी मालिक जोश क्रोंके युरोपियन सुपर लिगको गठनमा संलग्न रहे पछि अर्सेनल फ्यानहरू खुसी थिएनन् र अर्सेनलका फ्यानहरूले गत हप्ता क्लब मालिकको विरुद्ध विरोध गरे र क्लबलाई बेच्न आग्रह गरे।

अर्सेनलका फ्यानहरू हालका क्लब मालिक सँग खुसी नरहेको बेला स्वीडिश अरबपति डेनियल एकले अर्सेनललाई किन्न आफ्नो इच्छा देखाएका छन्।

डेनियल एक प्रसिद्ध सङ्गीत अयाप स्पोटिफाईका संस्थापक र मालिक पनि हुन्। आफू ८ वर्षको हुँदा देखि अर्सेनल फ्यान रहेको उनले दाबी गरे भने अर्सेनललाई क्रोंके परिवारबाट किन्न आफू खुल्ला रहेको उनले बताए।

अर्सेनलका फ्यानहरू उक्त कुराबाट खुसी छन् र क्लब व्यापारीको हातमा भन्दा एक फ्यानको हातमा राम्रो हुने विश्वास रहेको छ। अर्सेनल किन्न स्वीडिश अरबपति डेनियल एकलाई अर्सेनलका तिन लेजेण्ड थियरी हेनरी, डेनिस बर्गक्याम्प र पैट्रिक भिएराको समर्थन पनि रहेको छ।

अर्सेनललाई किन्न डेनियलले कोष पनि जम्मा गरेको र आउँदो दिनहरूमा प्रस्ताव पठाउने दाबी गरे भने अर्सेनलका हालका मालिक जोश क्रोंकेले क्लब बेच्ने आफ्नो मनसाय नरहेको बताए। अर्सेनलका अमेरिकी मालिकको उक्त दाबी बाबजुद डेनियलले अर्सेनललाई किन्न राम्रो प्रस्तावहरू पठाउने जानकारी छ।

२००७मा क्रोंकेले परिवारले आर्सेनलमा लगानी गरेको थियो भने २०१८मा क्रोंकेले अर्सेनलको १००% स्वामित्व आफ्नो हातमा गरेको थियो।