‘अर्लिङ हालान्ड साइन गर्न रियल अहिले देखि छलफल गर्दै’

यसमा कुनै शंका छैन कि अर्लिङ हालान्ड यस वर्ष फुटबलको एक सुपरस्टारको रुपमा अगाडी आएका छन्, र जनवरीमा बरुसिया डोर्टमन्डमा सम्मिलित हुनु अघि उनको भविष्यको बारेमा धेरै अनुमान लगाइएको थियो।

उनले तुरुन्तै बुन्डेसलिगामा आफ्नो प्रतिभा देखाए, र मात्र ३९५ मिनेटको खेल मा ९ गोलको अविश्वसनीय रेकर्ड बनाए।

अर्लिङ हालान्ड डोर्टमन्डमा सम्मिलित भएको ३ महिना नहुँदा, रियल म्याड्रिडले उनलाई साइन गर्न छलफल गरिसकेको खबर आएको छ।

मार्काको रिपोर्ट अनुसार रियलले हालान्ड साइन गर्न सम्पर्क सुरु गरेको छ, उनको रिलिज क्लज हाल £७५ मिलियनको मात्र छ जुन २०२१ सम्म मान्य हुने छ र खबर अनुसार रियलले उनलाई साइन गर्न अहिले देखि नै छलफल सुरु गरेको छ।

अर्लिङ हालान्ड जस्तो युवा प्रतिभाको मूल्य £७५ मिलियन रहेको कारण रियलले उनलाई क्लबमा ल्याउन अहिले देखिनै योजनाहरु बनाउँदै गरेको खुलेको हो।