‘अर्लिङ हालान्ड सर्वश्रेष्ठ खेलाडी बन्न क्रिस्टियानो रोनाल्डोको डाइटको नकल गर्दै छन्’

बोरुसिया डोर्टमन्डका स्टार स्ट्राइकर अर्लिङ हालान्ड विश्वको सर्वश्रेष्ठ खेलाडी बन्नको लागि क्रिस्टियानो रोनाल्डो जस्ता खानेकुराहरू खादै छन्।

१९ वर्षीय स्टार, जसले यस सिजनमा क्लब र देशका लागि ३७ गोल गरेका छन्, जसमा मंगलबार रातिको च्याम्पियन्स लिगमा पेरिस सेन्ट-जर्मेन बिरूद्ध दुई गोल पनि छ, उनको बुबाका अनुसार हालान्ड हाल माछाको डाइटमा छन् कारण- पाँच पटक बलोन डी’ओर विजेताको प्रभाव।

अर्लिङका बुबा अथवा म्यानचेस्टर सिटी र लीड्सका पूर्व खेलाडी अल्फी हालान्डले खुलासा गरे कि म्यानचेस्टर युनाइटेडका पूर्व टिममेट साथी पेट्रीस इभ्राले रोनाल्डोको डाइटको बारे कुरा गरे पछि अर्लिङ हालान्डले क्रिस्टियानो रोनाल्डोको डाइटको नकल गर्दै छन्।

४६ वर्षीय ईएसपीएनलाई उनले भने, “मैले खेलमा उनको समय बनाउने दृढ अठोट गरिसकेको थियो। तर अर्लिङ सबै त्यागहरू गरे, मोल्डेमा जान १६ बर्षमा घर छोडे र उनी म भन्दा धेरै प्रोफेशनल छन्”

“अर्लिङ हालान्डले इभ्राको एउटा कथा सुने जस्मा उनले रोनाल्डोको डाइटमा माछा मात्र रहेको बताए।

“अर्लिङ हाल उनको नकल गर्न कोशिस गर्दै छन् किनभने रोनाल्डो ३४ वर्ष भए पनि अझै उनको खेल शीर्ष स्तरमा छ, त्यसैले उनि यो चीजहरूमा महत्त्व देखाउँदछन।”