बोरुसिया डर्टमन्डका नयाँ स्टार अर्लिङ हालान्डले बुन्डेस लिगा इतिहासमा नयाँ रेकर्ड बनाएका छन्।
उनि बुन्डेस लिगामा पहिलो तीन खेलमा सात गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
The first player in Bundesliga history to score 7 goals in their first 3 games 🔥🇳🇴 pic.twitter.com/k9UtqEPHZv
— Borussia Dortmund (@BlackYellow) February 1, 2020
अर्लिङ हालान्डको बोरुसिया डर्टमन्डमा उत्कृष्ट प्रदर्शन जारी रहेको छ। बुन्डेस लिगामा उनले सनसनीपूर्ण शुरुआत गरेका थिए र युनियन बर्लिन बिरुद्ध भएको शनिबारको खेलमा डर्टमन्डको ५-० जितमा उनले २ गोल गरे ।
दुई गोला अर्थ उनी बुन्डेस लिगा इतिहासमा पहिलो तीन खेलमा सात गोल गर्न पहिलो खेलाडी बन्न सफल भए।
6 + 77 – Erling #Haaland has scored with each of his first shots on target in the #Bundesliga. Also his six 6 goals after 77 minutes are a new Bundesliga record. Clinical. #BVBFCU @Blackyellow @Bundesliga_EN pic.twitter.com/xNdL1FaUnX
— OptaFranz (@OptaFranz) February 1, 2020
अविश्वसनीय रूपमा, जर्मनीको शीर्ष लिगमा फर्वार्डको पहिलो सात शटहरू मध्ये प्रत्येक गोलमा रूपान्तरण भएको छ।
१९-वर्षीया स्टारले आफ्नो अग्सबर्ग बिरूद्ध पहिलो खेलमा ह्याट्रिक गरेका थिए।