अर्लिङ हालान्डलाई अब यो वर्ष मैदानमा नदेखिने

बोरुसिया डर्टमन्डका स्टार स्ट्राइकर अर्लिङ हालान्ड यो वर्ष मैदान बाहिर रहने निश्चित भएको छ ।

हिपको चोटका कारण उनी यो वर्ष मैदान बाहिरै रहने भएका हुन् ।

च्याम्पियन्स लिग अन्तर्गत अयाक्ससँगको खेलका क्रममा उनी घाइते भएका थिए ।

सुरुआतमा उनी केही हप्ता मैदानबाहिरै रहने बताइएको थियो ।

तर पछिल्लो रिपोर्टहरुका अनुसार नर्वेजियन खेलाडी हालान्ड सन् २०२२ अघि मैदानमा उत्रन नसक्ने अवस्थामा पुगेका छन् ।

हालान्ड मैदान बाहिर रहेपछि डर्टमन्डलाई बुन्डेसलिगा जित्ने अवसरमा ठूलो धक्का लाग्ने आंकलन गरिएको छ ।

हालान्डले यो सिजनको सुरुवात उत्कृष्ट तरिकाले गरेका थिए । उनले विभिन्न प्रतियोगिताहरुमा केवल १० खेलमा १३ गोल गरिसकेका छन् ।