अर्लिङ हालान्डको नयाँ क्लब यो हुने

बोरुसिया डर्टमन्डका स्टार स्ट्राइकर अर्लिङ हालान्डलाई साइन गर्न धेरै क्लबहरू इच्छुक रहेको बेला उनी कुन क्लब जाने भनेर हाल प्रसिद्ध फुटबल वेबसाइट गोल डट कमले रिपोर्ट गरेको छ। हालान्ड निकै उत्कृष्ट फममा रहेका थिए तर हाल उनी चोटको कारण मैदान बाहिर रहेका छन् र अर्को सिजन उनको नयाँ क्लब कुन हुने ’bout धेरै चर्चा हुने गरेको छ।

अर्को सिजन उनको €७५ मिलियनको रिलिज क्लज सक्रिय हुने छ भने उनलाई साइन गर्न म्यान सिटी, चेल्सी, रियल म्याड्रिड जस्ता क्लबहरू इच्छुक रहेको बेला यदि उनले २०२२ मा डर्टमन्ड छोडे भने रियल म्याड्रिड हालान्डले चाहेको गन्तव्य हुने गोल डट कमले जनाएको छ।

गोल डट कमका अनुसार अन्य क्लबहरू भन्दा रियल म्याड्रिडमा खेल्न हालान्ड धेरै इच्छुक हुने छन्। एम्बाप्पे र हालान्डलाई साइन गर्ने रियलको प्राथमिकता रहेको बेला हालान्डले रियल रोज्ने चर्चाले पक्कै पनि रियललाई धेरै फाइदा दिने छ।

डर्टमन्डमा आए देखि युवा स्टार स्ट्राइकरले ६९ खेलमा ७० गोल गरेका छन्। म्यान सिटी, चेल्सी, लिभरपुल जस्ता क्लब उनलाई साइन गर्न इच्छुक रहेको बेला हालान्ड रियलमा जान इच्छुक रहेको हाल खबर रहेको छ।