गर्मीको ट्रान्सफर विन्डो नजिक हुँदै जाँदा डार्टमन्डका स्टार स्ट्राइकर अर्लिङ हलान्डको नयाँ क्लबबारे धेरै चर्चा हुने गरेको छ। उनको एजेन्ट बार्सा, रियल जस्तो ठुलो क्लबहरूको प्रतिनिधिहरू सँग भेट्ने क्रममा रहेका छन्।
Erling Haaland ‘prefers’ Real Madrid transfer this summer https://t.co/2s8Zr2q8Lw
— Football is Business (@Footballisbuss) April 3, 2021
म्यान सिटी देखि बार्सा सँग उनको नाम जोडिएको बेला हाल खबर अनुसार डार्टमन्डका स्टार स्ट्राइकर अर्लिङ हलान्ड रियल म्याड्रिडमा जान रुचाउने खबर रहेको छ। खबर अनुसार आफ्नो नयाँ क्लबको रूपमा हलान्डको प्राथमिकता रियल हुनेछ, यद्यपि यो सजिलो स्थानान्तरण हुनेछैन।
हाल उनलाई साइन गर्न युरोपको सबै ठुलो क्लब इच्छुक रहेको छ भने डार्टमन्डले उनको लागि €१८० मिलियनको माग गर्ने छ। उनको नयाँ क्लब कुन हुने बारे धेरै प्रश्न हुँदा उनले रियललाई छनोट गर्ने खबर छ।
Erling Haaland is the absolute priority for Barcelona, player prefers Spain and Man City gave up on the signing due to the price. Harry Kane and Lautaro are the alternatives for Barca. https://t.co/seDwO9swlX
— MercatoX Football/Soccer News (@24_mercato) April 2, 2021
यही हप्ता हलान्डको बुवा र एजेन्ट स्पेनमा पुगेका थिए भने रियल र बार्सा सँग उनीहरूको वार्ता भएको थियो।
खबर अनुसार उनलाई साइन गर्ने दौडमा रियल र बार्सा धेरै नजिक हुने छ र हलान्डको प्राथमिकता भने रियल हुने छ।