
बार्सिलोना डार्टमन्डका स्टार स्ट्राइकर अर्लिङ हलान्डको साथ सम्पर्कमा रहेको खबर आउँदै गर्दा अर्लिङ हलान्डका एजेन्ट मिनो राइओला बार्सिलोनामा पुगेका छन्। इटालियन ट्रान्सफर रिपोर्टर फाब्रिजियो रोमानोका अनुसार मिनो राइओलाले बार्सिलोनाका अध्यक्ष लापर्टा सँग सम्भावित ट्रान्सफरबारे वार्ता गरेका छन्।
Mino Raiola is in Barcelona right now, true and 100% confirmed as Sport reported. He’s landed today after meeting with BVB in Dortmund in the last days to talk about Erling Haaland’s future. The race is open with many clubs involved, Barça too. Work in progress. 🔴🇳🇴 #FCB #Barça
— Fabrizio Romano (@FabrizioRomano) April 1, 2021
आउँदो ट्रान्सफर विन्डोमा बार्साले उनलाई प्राथमिकता बनाउने खबर हुँदा क्लबका लापर्टाले अर्लिङ हलान्डका एजेन्ट सँग भेट गरेका छन्। खबर अनुसार बिहीबार अर्लिङ हलान्डका बुवा र एजेन्ट बार्सिलोना पुगेका थिए र दुईले क्लबका व्यवस्थापन सँग ट्रान्सफर बारे वार्ता गरेका थिए।
बार्सा र हलान्डका टिम बिचको वार्ता निकै राम्रो भएको फाब्रिजियो रोमानोले जानकारी दिए भने हलान्डलाई भित्राउने बार्साका अध्यक्षको सपना रहेको जानकारी छ।
The meeting between Mino Raiola, Erling Haaland’s father and Joan Laporta has been positive. It was the first contact to discuss about the new Barcelona project – obviously there’s nothing done or advanced, race will be long as many clubs are involved… Barça are in. 🔴🔵 #FCB
— Fabrizio Romano (@FabrizioRomano) April 1, 2021
डार्टमन्डले उनको लागि €१८० मिलियनको माग गर्ने खबर छ। अन्य धेरै क्लब पनि उनलाई साइन गर्न इच्छुक रहेको खबर छ। रियल र म्यान सिटी उनलाई साइन गर्न धेरै इच्छुक रहेको चर्चा हुँदा बार्साले पनि उनलाई आफ्नो प्राथमिकता बनाउने जानकारी छ।
डार्टमन्डका स्टार स्ट्राइकर अर्लिङ हलान्डको हाल खेल निकै राम्रो रहेको छ भने च्याम्पियन्स लिगमा उनको गोल स्कोरिंग रेकर्ड निकै उत्कृष्ट रहेको छ।