विश्वकप २०२२ अन्तर्गत आज मंगलबार ४ रोमान्चक खेलहरु हुँदैछन् ।
कतार विश्वकपमा मंगलबार समूह ‘सी’ र समूह ‘डी’ को दुई दुई खेलहरु हुनेछन् ।
पहिलो खेलमा समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । उपाधि दाबेदार अर्जेन्टिना र साउदीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’ मा रहेको डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
त्यसै गरी सोमबार हुने तेस्रो खेलमा पोल्याण्ड र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र मेक्सिकोबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
अन्तिम खेलमा साविक विजेता फ्रान्सले अष्ट्रेलियाको सामना गर्नेछ । समूह ‘डी’ मा रहेको फ्रान्स र अष्ट्रेलियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।