अर्जेन्टिनाले हाल्यो रेफ्री बिरुद्द मुद्दा; पुरा जानकारी

ब्राजिल बिरुद्द भएको खेलको क्रममा लापरबाही गरेको भन्दै अर्जिटिना फुटबल संघले रेफ्री बिरुद्द मुद्दा हालेको छ । ब्राजिलमा जारी कोपा अमेरिका २०१९ अन्तर्गत गत बुधवार बिहान आयोजक राष्ट्र सँगको खेलको क्रममा नतिजामा नै प्रभाव पार्ने गरी लापरबाही गरेको भन्दै अर्जेन्टिनी फुटबल संघले रेफ्री बिरुद्द दक्षिण अमेरिकी फुटबल महासंघमा लिखित उजुरी दर्ता गरेको हो ।

घरेलु टोली ब्राजिल बिरुद्दको सेमिफाइनल खेलमा अर्जेन्टिना २-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । उक्त खेलमा रेफ्रीले लापरबाही गरेको अर्जेन्टिनाको आरोप छ । उक्त खेलका प्रमुख रेफ्री रोड्डी जाम्ब्राना र उनको पुरै टिमले नै ब्राजिलको पक्षमा मात्र निर्णय गरेको भन्दै अर्जेन्टिनाले छानबिन माग गर्दै उजुरी दर्ता गराएको हो ।

खेलको क्रममा नै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले रेफ्रीको निर्णय प्रती असन्तुष्टी जनाएका थिए । रेफ्रीले एक पक्षिय रुपमा ब्राजिलको हितमा मात्र निर्णय गरेर आफुहरुलाई हराएको भन्दै मेस्सीले असन्तुष्टी जनाएका थिए ।

सो खेल दौरान अर्जेन्टिनी डिफेन्डर ओटामेन्डी र फरवार्ड सर्जिओ अगुएरोमाथि गम्भीर फउल गर्दा समेत रेफ्रीले पेनाल्टी नदिएको मेस्सीको भनाइ थियो । मेस्सीले ती दुवै फउलमा पेनाल्टी पाउनुपर्ने मेस्सीको दाबी थियो । यस्तै गम्भिर फउक हुँदा समेत रेफ्रीले भिएआर प्रयोग नगरेको अन्जेन्टिनाको आरोप छ ।

अर्जेन्टिनाले कोपा अमेरिकामा आज राती तेस्रो स्थानको लागि चिलीको सामना गर्नेछ । चिलीले अघिल्ला २ संस्करणमा लागातार अर्जेन्टिनालाई पराजित गर्दै उपाधी जितेको थियो । अर्जेन्टिना आज त्यसको बादला लिने लक्ष्यका साथ मैदान उत्रनेछ ।