अर्जेन्टिनाले २०२२को फिफा विश्व कप जिते पनि फिफाको विश्व वरियतामा शीर्ष स्थानमा भने ब्राजिल नै हुने भएको छ- फ्रान्सलाई हराएर १९८६ पछि पहिलो पटक विश्व कप जितेको अर्जेन्टिना फिफाको विश्व वरियतामा दोस्रो स्थानमा नै सीमित हुने भए पछि शीर्ष स्थानमा ब्राजिल हुने भएको छ।
FIFA World Ranking: Brazil Retain Top Spot Despite Quarterfinal Finish in FIFA World Cup 2022 #FIFAWorldRanking #Brazil #FIFAWorldCup2022 #FIFAWorldCup https://t.co/inK9e0FoBH
— LatestLY (@latestly) December 20, 2022
अर्जेन्टिनाको दक्षिण अमेरिकी प्रतिद्वन्द्वी ब्राजिलले फेब्रुअरीमा बेल्जियमलाई पछि पार्दै विश्व वरियतामा पहिलो स्थानमा कब्जा गरे देखि हाल सम्म ब्राजिल तल झरेको छैन र बिहीबार सार्वजनिक हुने नयाँ फिफा विश्व वरियतामा पनि ब्राजिल शीर्ष स्थानमा हुने पुष्टि भएको छ।
ब्राजिलले २०२२ विश्व कपमा तीन खेल जितेको थियो र क्यामरुन र क्रोएसियासँग भने हार बेहोरेको थियो।
यस बिचमा अर्जेन्टिनाले चार खेल जितेको छ विश्व कपको सुरुमै साउदी अरेबियासँग हारे पनि अर्जेन्टिना फाइनलमा पुगेको थियो र अन्तिम खेलमा फ्रान्सलाई स्पट किकमा ४-२ ले हराउँदै अर्जेन्टिना विश्व कप जितेको थियो तर सो बाबजुद अर्जेन्टिना फिफाको विश्व वरियतामा दोस्रो स्थानमा हुने भएको छ।
नयाँ फिफा वरीयता शीर्ष २०:
१. ब्राजिल
२. अर्जेन्टिना
३. फ्रान्स
४. बेल्जियम
५. इङ्गल्यान्ड
६. नेदरल्याण्ड्स
७. क्रोएसिया
८. इटाली
९. पोर्चुगल
१०. स्पेन
११. मोरक्को
१२. स्विट्जरल्याण्ड
१३. संयुक्त राज्य अमेरिका
१४. जर्मनी
१५. मेक्सिको
१६. उरुग्वे
१७. कोलम्बिया
१८. डेनमार्क
१९. सेनेगल
२०. जापान