एस्टन भिल्लाका अर्जेन्टाइन गोलकिपर इमिलियानो मार्टिनेज अर्जेन्टिनाले विश्वकप जितेको हेर्न चाहन्छन् र उनी सो उपलब्धिबाट आफ्नो लागि भन्दा मेस्सीको लागि धेरै खुसी हुने उनले बताए।
Emiliano Martinez: “It would make me happier for Messi to win the World Cup than to win it myself. Everyone wants Leo to win the World Cup.” pic.twitter.com/OLNG59AGeu
— Barça Universal (@BarcaUniversal) April 2, 2021
पुर्व अर्सेनल गोलकिपर हाल एस्टन भिल्लाका मुख्य गोलकिपर रहेका छन् र उनको खेल निकै राम्रो रहेको छ भने हाल उनी अर्जेन्टाइन राष्ट्रिय टिममा पर्न पनि सफल भएका छन्।
२०२२को विश्वकप नजिक हुँदै गर्दा अर्जेन्टिनाले विश्वकप जित्न सक्ने उनको विश्वास छ भने मेस्सीले सो उपाधि जितेको हेर्न उनी इच्छुक छन्।
💬 Emiliano Martinez (Aston Villa) “Everybody wants Messi to win the World Cup, just because he’s Lionel. For me it would be a pleasure and an honor to conquer something with him on the field. It would be incredible for those of us who play with Leo.” [efe]
— FCBarcelonaFl (@FCBarcelonaFl) April 2, 2021
“सबै जना उनले विश्वकप जितेको हेर्न चाहन्छन्, किनभने उनी मेस्सी हुन्।- मार्टिनेजले भने
मेरोलागि मैदानमा उनको साथ केही जित्नु खुसी र सम्मानको कुरा हुने छ। यो कुरा लियो सँग खेल्ने हामी सबैका लागि अविश्वसनीय हुनेछ।
“एक अर्जेन्टाइनको रूपमा अर्जेन्टिनाले विश्वकप जिते आफ्नो लागि भन्दा मेस्सीको लागि धेरै खुसी हुने छु”