फिफा विश्व कप २०२२को सेमीफाइनलमा अर्जेन्टिना सँग ३-०ले पराजित हुँदै क्रोएशिया नक-आउट भए पछि क्रोएसियाका कप्तान लुका मोड्रिचले उक्त खेलका इटालियन रेफ्री डेनियल ओरसाटोको आलोचना गरेका छन्।
🎙️| Luka Modrić: “Congrats to Argentina but I can’t believe that penalty was given.” @tjcope #WorldCup
— Madrid Zone (@theMadridZone) December 13, 2022
खेलको ३४औँ मिनेटमा रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको थियो भने उक्त पेनाल्टीमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए र सो गोल पछि क्रोएसियाको खेल अन्त्य भएको मोड्रिचले दाबी गरे र उक्त पेनाल्टी दिने गलत निर्णय रहेको उनको विश्वास छ।
“मलाई रेफ्रीहरूको वारेमा कुरा गर्न मन पर्दैन तर यो सबैभन्दा खराब मध्ये एक हो। मसँग उनको राम्रो सम्झना छैन, उहाँ एक विपति हुन्। मेरो लागि त्यो पेनाल्टी थिएन।”- मोड्रिचले खेल पछिको पत्रकार सम्मेलनमा बताए।
“यसको बाबजुद पनि म अर्जेन्टिनाको जितलाई बदनाम गर्न चाहन्न। पेनाल्टीले खेललाई पूर्ण रूपमा परिवर्तन गर्यो । हामीले तेस्रो स्थानको खेलको लागि रिकभर हुनु पर्छ र त्यो खेल जित्नु पर्छ।
#Croatia captain #LukaModric wasn’t happy with the officiating as he blasted the Italian referee, #DanieleOrsato, who had awarded #Argentina a penalty in the first-half https://t.co/4NWdQM7CVG
— NDTV Sports (@Sports_NDTV) December 14, 2022
रियल म्याड्रिड स्टारले थपे: “अर्जेन्टिना खेलको निष्पक्ष विजेता थियो, उनीहरू राम्रो थिए, उनीहरू जित्न योग्य थिए, तर यी कुराहरू(रेफ्रीको गल्ती) उल्लेख गर्नुपर्छ।
“सामान्यतया म गर्दिनँ तर आज गर्नै पर्छ।”
🎙| Luka Modrić: “I don’t usually talk about referees, but today it’s impossible not to do so. [Orsato] is one of the worst I know and I’m not talking only about today, because I met him before and I never had a good memory of him. He’s a disaster.” @TyCSports
— Madrid Xtra (@MadridXtra) December 13, 2022
अर्जेन्टिनाले क्रोएसिया माथि ३-०को जित हासिल गरेको थियो। जितको लागि अर्जेन्टिनाका लागि सुपरस्टार मेस्सीले एक गोल गरे भने युवा स्टार जुलियन अल्भारेजले २ गोल गरे।
फाइनलमा पुगेको अर्जेन्टिनाले अब उपाधिको फ्रान्स वा मोरक्को विरुद्ध खेल्ने छ भने क्रोएसियाले तेस्रो स्थानको लागि फ्रान्स र मोरक्को बिचको खेल हार्ने टिम सँग खेल्ने छ।