अर्जेन्टिनाको पोर्चुगल माथी जित

अर्जेन्टिनाको यु–२० टोलीले पोर्चुगलको यु–२० टोलीमाथि सहज जित निकालेको छ । फिफा यु–२० विश्वकप फुटबलअन्तर्गत गत राति भएको समूह चरणको दोस्रो खेलम अर्जेन्टिनाले पोर्चुगललाई २–० ले हरायो ।

अर्जेन्टिनाबाट पहिलो खेल खेलको एडोल्फो गाइकले ३३औं मिनेटमा गोल गरेका थिए । उनकै गोलको मदतमा अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो ।

त्यसपछि दोस्रो हाफमा पनि अर्जेन्टिनाले दोस्रो गोल हान्यो । सो खेल खेलको ८४औं मिनेटमा नेहुएन पेरेजले गोल गरेपछि खेल अर्जेन्टिनाले २–० ले जित्यो ।

जितसँगै अर्जेन्टिना २ खेलबाट ६ अंक बनाएर समूहको शीर्ष स्थानमा छ । पराजित पोर्चुगल ३ अंकसहित तेस्रोमा छ भने दोस्रो स्थानमा ३ अंकसहित साउथ कोरिया रहेको छ ।