ढोहा । कतार विश्व कपमा समुह चरणका खेलमा साउदी अरेबियाले अप्रत्याशित नतिजा निकाल्दै दक्षिण अमेरिकी च्याम्पियनलाई हराएको छ ।
यो जितसंगै साउदी अरेबियाले अर्जेन्टिनाको अपराजित यात्रामा पुर्ण बिराम लगादिएको छ ।
अर्जेन्टिना विगत ३६ खेलमा अपराजित रहेको थियो । उसले कतार विश्व कपको पहिलो खेलमा हार बेहोरेको छ ।
त्यस्तै, २०१९ जुलाई पछि अर्जेन्टिना पहिलो पटक हारेको हो ।
पछिल्लो, पटक अर्जेन्टिना २०१९ जुलाईमा ब्राजिलसंग पराजित बेहोरेको थियो ।
यस्तै,विश्व कपमा पहिलो हाफमा अग्रता लिएर हारेको अर्जेन्टिनाको यो दोस्रो पटक हो ।