अर्जेन्टिनाका स्टार स्ट्राइकर प्रिमियर लिगमा खेल्न इच्छुक

इन्टर मिलानका स्टार अर्जेन्टाइन स्ट्राइकर लोउटारो मार्टिनेज प्रिमियर लिगमा खेल्न इच्छुक रहेको खबर छ। उनको नाम म्यान सिटी र आर्सनल जस्तो क्लब सँग जोडिएको थियो भने उनी पनि प्रिमियर लिगमा खेल्न इच्छुक रहेको चर्चा छ।

हाल आर्सनलको योजना आफ्नो स्ट्राइकर अलेक्जान्ड्रा लाकाजेटलाई बेच्ने रहेको जानकारी रहेको चर्चा हुँदै गर्दा आर्सनलले उनलाई साइन गर्न प्रयास गर्न सक्ने जानकारी छ। २३ वर्ष स्ट्राइकरको खेल इन्टरमा निकै राम्रो रहेको थियो भने हालै उनले अर्जेन्टिनाका लागि कोपा अमेरिका जितेका थिए र उनले प्रिमियर लिगमा खेल्ने आफ्नो इच्छा स्पष्ट गरेका बेला उनलाई साइन गर्न गनर्स इच्छुक रहेको जानकारी छ।

उनलाई साइन गर्न अन्य क्लबहरू पनि धेरै इच्छुक रहेका छन् भने उनको लागि इन्टरले £८० मिलियनको माग गर्ने रिपोर्ट छ। उनलाई साइन गर्न आर्सनल आफ्नो खेलाडी प्लस रकमको प्रस्ताव गर्न सक्ने जानकारी छ।

इन्टर मिलान आर्सनलका राइट ब्याक हेक्टर बेल्लेरिन साइन गर्न इच्छुक रहेको चर्चा हुँदै गर्दा आर्सनलले बेल्लेरिनको प्रयोग गरी मार्टिनेजलाई साइन गर्न प्रयास गर्न सक्ने चर्चा रहे पनि इन्टरले मार्टिनेजको लागि रकम नै माग्न सक्ने पनि जानकारी छ।