अर्जेन्टिनाका स्टार स्ट्राइकर माथि आर्सनलको चासो

सिरी ए क्लब इन्टर मिलानका स्टार अर्जेन्टाइन स्ट्राइकर लोउटारो मार्टिनेज माथि प्रिमियर लिग क्लब आर्सनलको नजर रहेको जानकारी छ। हाल आर्सनलको योजना आफ्नो स्ट्राइकर अलेक्जान्ड्रा लाकाजेटलाई बेच्ने रहेको जानकारी छ भने उनको विकल्पको रुपमा आर्सनलको नजर लोउटारो मार्टिनेजमा रहेको खबर छ।

२३ वर्ष स्ट्राइकरको खेल इन्टरमा निकै राम्रो रहेको थियो भने हालै उनले अर्जेन्टिनाका लागि कोपा अमेरिका जितेका छन् र उनलाई साइन गर्न गनर्स इच्छुक रहेको जानकारी छ।

उनलाई साइन गर्न अन्य क्लबहरू पनि धेरै इच्छुक रहेका छन् भने उनको लागि इन्टरले £८० मिलियनको माग गर्ने रिपोर्ट छ। उनलाई साइन गर्न आर्सनल आफ्नो खेलाडी प्लस रकमको प्रस्ताव गर्न इच्छुक रहेको जानकारी छ।

इन्टर मिलान आर्सनलका राइट ब्याक हेक्टर बेल्लेरिन साइन गर्न इच्छुक रहेको चर्चा हुँदै गर्दा आर्सनलले बेल्लेरिनको प्रयोग गरी मार्टिनेजलाई साइन गर्न प्रयास गर्न सक्ने खबर छ।

हाकिमी पिएसजीमा गए पछि इन्टर नयाँ राइट ब्याकको खोजी गर्दै गरेको छ र बेल्लेरिन माथि इन्टरको नजर छ र सो कुराको फाइदा उठाउँदै लोउटारो मार्टिनेज साइन गर्ने आर्सनलको योजना छ।