बेन्फिका स्टार अर्जेन्टाइन मिडफिल्डर एन्जो फर्नान्डेजलाई साइन गर्न प्रिमियर लिगका लिभरपुल र म्यानचेस्टर युनाइटेड बिच कडा प्रतिस्पर्धा हुने भएको छ।
Manchester United have got eyes on Benfica’s Enzo Fernandez. 👀
— 90min (@90min_Football) November 2, 2022
यो सिजन च्याम्पियन्स लिगमा पोर्चुगिज क्लब बेन्फिकाको लय निकै राम्रो रहेको छ भने २१ वर्षका एन्जो फर्नान्डेज पनि उक्त टिमको एक महत्त्वपूर्ण सदस्य रहेका छन् जसको कारण धेरै युरोपियन क्लबहरूको नजर उनी माथि पर्न सुरु गरेको छ।
म्यान युनाइटेडमा डोनी भ्यान डे बेकको भविष्य अनिश्चित रहेको बेला कोच एरिक टेन ह्याग क्लबमा नयाँ मिडफिल्डर भित्राउन इच्छुक रहेका छन् भने उनको नजर अर्जेन्टाइन मिडफिल्डर एन्जो फर्नान्डेज रहेको जानकारी छ त्यस्तै गरी लिभरपुल पनि नयाँ मिडफिल्डर साइन गर्ने योजनामा रहेको छ भने जसको कारण एन्जो लिभरपुलको पनि निगरानीमा रहेको छ।
Breaking 🚨: Manchester United are interested in signing Enzo Fernandez who has been also target by Liverpool.
Benfica’s center midfielder has been tracked by many premier league teams but the ones that have shown most interest are Liverpool and Manchester United. pic.twitter.com/mYul4r3WWl— Football Transfers Official (@Footbal97247618) November 2, 2022
एन्जो फर्नान्डेज २०२२को जुलाईमा मात्र अर्जेन्टाइन क्लब रिभर प्लेटबाट बेन्फिकामा आएका थिए भने युरोपियन फुटबलमा उनले छोटो समयमै आफ्नो नाम बनाएका छन्। हाल सम्म उनले बेन्फिकामा २१ खेल खेल्दै ३ गोल र ४ असिस्ट गरेका छन्।