अर्जेन्टिनाका लागि मेस्सीको नया किर्तिमान

एजेन्सी, कोपा अमेरिका फुटबलमा अन्तर्गत समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले तलिकाको पुछारमा रहेको बोलिभियालाई ४-१ गोल अन्तरले पराजित गर्दै शिर्ष स्थानमा रहदै समुह चरणका खेलहरु सकेको छ।

अर्जेन्टिनाको जितमा मेस्सीले दुई गोल, गोमेज र लौटारो मार्टिनेजले एक एक गोल गरेका थिए।

सोही खेलमा मेस्सीले अर्जेन्टिनाका लागि नयाँ रेकर्ड राख्न सफल भएका छन। उनी अर्जेन्टिनाबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बन्न सफल भएका छन।

पुर्व बार्सिलोनाका डिफेन्डर हाभियर म्यास्चारानोको रेकर्डलाई भङ्ग गर्दै उनले उक्त रेकर्ड बनाएको हो। म्यास्चारानोले अर्जेन्टिनाका लागि १४७ खेल खेलेका थिए। मेस्सीले उनको रेकर्ड तोडै १४८ खेल खेले।

अर्जेन्टिनाका लागि मेस्सीले सन २००५ मा डेब्यु गरेका थिए। उनले १४८ खेल खेल्दा ७५ गोल गरेका छन।

मेस्सीले अर्को खेल कोपा अमेरिकामा भेनेजुएलाबिरुद्ध क्वाटरफाइनल खेल खेल्ने छन।