अर्जेन्टिनाका लागि उपाधि जितेर मात्र सन्यास लिन्छु – मेस्सी

लिओनल मेस्सीले अर्जेन्टिनाका लागि उपाधि जितेर मात्र सन्यास लिने बताएका छन् । कोपा अमेरिकाको तयारीमा रहेका मेस्सीले सन्यास लिनु अघि कुनै उपाधि जित्ने आश व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, ‘म अर्जेन्टिनाका लागि केही जितेर सन्यास लिन चाहन्छु । जितका लागि म प्रयासरत छु ।’

एक अन्तर्वार्तामा उनले अर्जेन्टिनाका लागि खेल्दा बाल्यकालमा जतिकै खुसी हुने बताएका छन् ।

बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने मेस्सीले च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलसँग व्यहोरेको हार अझै भुल्न सकेका छैनन् ।