२०२२को विश्व कप फाइनलमा फ्रान्सलाई पेनाल्टीमा पराजित गर्दै अर्जेन्टिनाले उपाधि जिते पछि अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले लगातार फ्रेन्च स्टार एम्बाप्पेको मजाक उदाए पछि एक फ्रेन्च फ्यानहरू खुसी छैनन् भने एक फ्रेन्च मन्त्रीले फिफालाई सो वारे छानबिन गर्न आग्रह गरेको रिपोर्ट छ।
Soccer-French minister wants FIFA probe as team targeted by insults at home and abroadhttps://t.co/MS7KKUjqUN https://t.co/MS7KKUjqUN
— The Star (@staronline) December 22, 2022
फाइनल खेलमा फ्रान्स विरुद्धको जित पछि अर्जेन्टिनाका खेलाडीहरू ड्रेसिङ रुममा गीत गाउँदै सेलेब्रेट गर्ने क्रममा अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले “एम्बाप्पेको लागि एक मिनेट मौन” भन्दै मजाक उडाएका थिए र फेरी अर्जेन्टिनामा पुगे पछि पनि मार्टिनेजले एम्बाप्पेको फेरी मजाक उदाएका थिए।
विश्व कप जित पछि अर्जेन्टिनामा अर्जेन्टिनाका खेलाडीहरू परेड र सेलेब्रेसन गर्ने क्रममा अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले एम्बाप्पेको नकाब भएको नक्कली बच्चा खेलाउन बोक्दै सेलेब्रेट गरेको भिडियो भाइरल भएको थियो।
#ICYMI The distasteful taunting of France striker Kylian Mbappe by some Argentina fans amid celebrations in Buenos Aires to welcome back the World Cup winners should be investigated, a senior French cabinet minister said.https://t.co/Fru5R2X0gI
— SABC News (@SABCNews) December 23, 2022
एम्बाप्पेको नकाब भएको उक्त पुतलीलाई समात्दै इमिलियानो मार्टिनेजले अर्जेन्टिनामा ओपन बस परेडमा सेलेब्रेट गर्दै गरेको उक्त भिडियोमा देख्न सकिन्छ। गोल्डन ग्लोभ जितेका गोलकिपरले फाइनल खेल अन्त्य भए पछि ड्रेसिङ रुममा पनि एम्बाप्पेको मजाक उडाएका थिए।
इमिलियानो मार्टिनेजले बारम्बार एम्बाप्पे प्रति लक्षित गर्दै सेलेब्रेसन गर्दै उनको मजाक उदाए पछि फ्रेन्च अर्थ, वित्त र रिकभरी मन्त्री, ब्रुनो ले मायरले मार्टिनेज र अन्य अर्जेन्टिनाका फ्यानहरूको व्यवहारको आलोचना गर्दै फिफालाई कदम चाल्न आग्रह गरेका छन्।
सुड रेडियोसँग कुरा गर्दै, क्रोधित ले माइरेले भने: “फिफा के गर्दै छ? खेलकुद निष्पक्ष खेल हो।
“फुटबलले अरूको लागि सम्मान देखाउँदै छ। फुटबलले हार्नेहरूलाई पनि सम्मान गर्न सिकाउँछ।”