विश्व कप २०२२ बिजेता अर्जेन्टिनाका महत्त्वपूर्ण खेलाडी तथा गोलरक्षक इमिलियानो मार्टिनेजले आफ्नो राष्ट्रलाई उपाधी दिलाउन निकै उत्कृष्ट प्रदर्शनहरु दिए ।
उनले फाइनलमा फ्रान्सबिरुद्ध पेनाल्टी सुटआउटमा पेनाल्टीसमेत बचाउ गर्दै अर्जेन्टिनालाई विश्व कप जिताउन निकै ठुलो भुमिका खेलेको थियो ।
🗣️ Emiliano Martínez on his celebration after winning the golden glove: "I did it because the French booed me. Arrogance doesn't work with me!"#PulseSports | #FIFAWorldCup pic.twitter.com/KzujEfETju
— Pulse Sports Nigeria (@PulseSportsNG) December 19, 2022
फाइनल खेल जितेपछि मेडल दिने क्रममा मार्टिनेजले गरेको हर्कत भने धेरैलाई राम्रो लागेन र निकै चर्चाको विषय बन्यो ।
यद्यपि, उनके त्यस सेलिब्रेसन गर्नुको कारण खोलेका छन् ।
उनले त्यस सेलिब्रेसन फ्रान्सका समर्थकहरु जो स्टेडियममा उपस्थित थिए, जसले उनलाई खेलको दौरान “Boo” गरेका थिए ।
एस्टन भिल्लाका गोलरक्षकले भने, “मैले फ्रान्सका समर्थकहरु जसले मलाई बु गरेका थिए उनिहरुको लागि गरेको हु, म माथी अहंकार चल्दैन ।