अर्जेन्टाइन स्टार स्ट्राइकर साइन गर्ने वार्तामा बार्सिलोना

बार्सिलोना म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर सर्जियो अगुएरो साइन गर्ने दौडमा छन्। ३२ वर्षका अनुभवी अर्जेन्टाइन स्ट्राइकरको सिटी सँगको सम्झौता अन्त्य हुने क्रममा छ र सिटी सँग उनले आफ्नो सम्झौता गर्ने छैनन्।

खबर अनुसार उनलाई साइन गर्न बार्सा धेरै इच्छुक रहेको छ। इटालियन ट्रान्सफर विज्ञ फाब्रीजियो रोमानोका अनुसार बार्साका अध्यक्षले अगुएरोका एजेन्ट सँग वार्ता गरेका छन्।

खबर अनुसार बार्साका अध्यक्षले अर्जेन्टाइन स्टारलाई क्लबमा तलब कटौती स्वीकार गर्न अनुरोध पनि गरेका छन्।

सिटी सँग सम्झौता अन्त्य भए पछि उनी फ्री एजेन्टको रूपमा अन्य क्लब जान सक्ने छन्। आउँदो गर्मीको विन्डोमा उनलाई साइन गर्न बार्सा र पिएसजी बिच प्रतिस्पर्धा हुने पनि जानकारी छ।

खबर अनुसार मेस्सीलाई क्लबमा राख्न अर्जेन्टाइन स्टार साइन गर्ने बार्साको योजना हुन सक्ने छ। पेरिस सेन्ट-जर्मेनको नयाँ अर्जेन्टाइन कोच, मौरिसियो पोचेटिनो पनि उनको फ्यान हुन् र उनलाई क्लबमा भित्राउन इच्छुक छन्।