बार्सिलोना र पिएसजी म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर सर्जियो अगुएरो साइन गर्ने दौडमा छन्। ३२ बर्षेका अनुभवी अर्जेन्टाइन स्ट्राइकरको सिटी संगको सम्झौता अन्त्य हुने क्रममा छ र सिटी संग उनले अहिले सम्म सम्झौता विस्तार गरेका छैनन्।
Barcelona have joined PSG in monitoring the situation with Sergio Aguero as he continues to wait for a contract offer for #ManCity, according to the latest reports. 💔🇦🇷https://t.co/p4xkZMXSsO
— Man City Xtra (@City_Xtra) January 13, 2021
सम्झौता अन्त्य भए पछि उनि फ्री एजेन्टको रुपमा अन्य क्लब जान सक्ने छन् र खबर अनुसार उनलाई गर्मीको विन्डोमा साइन गर्न बार्सा र पिएसजी बीच प्रतिस्पर्धा हुने छ।
खबर अनुसार मेस्सीलाई क्लबमा राख्न अर्जेन्टाइन स्टार साइन गर्ने बार्साको योजना हुन सक्ने छ। पेरिस सेन्ट-जर्मेनको नयाँ अर्जेन्टाइन कोच, मौरिसियो पोचेटिनो पनि उनको फ्यान हुन् र उनलाई क्लबमा भित्राउन इच्छुक छन्।
😩 “I’m quite concerned about the rhetoric surrounding Aguero and his knee.”
🇪🇸 “Barcelona and PSG are supposedly interested in him.”
✅ “That ongoing situation points to a striker coming in.”@Trevor8Sinclair says #MCFC must sign a striker to replace Sergio Aguero. pic.twitter.com/VSLmBY8RFc
— talkSPORT (@talkSPORT) January 13, 2021
अगुएरोले इतिहादमा चार प्रिमियर लिग, पाँच इएफएल कप र एक एफ ए कप जितेका छन्।