बेनिफिकाका स्टार अर्जेन्टाइन मिडफिल्डर एन्जो फर्नान्डेजलाई साइन गर्ने प्रिमियर लिग क्लब चेल्सीको प्रयास असफल भएको इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोले रिपोर्ट गरेका छन्।
Enzo Fernández deal. As things stand, Chelsea & Benfica have not scheduled new meeting after talks collapsed 🚨🇦🇷 #CFC
Rui Costa always said: €120m [clause] or no way. Chelsea verbally discussed that with Benfica then official bid was €85m. No deal.
🎥 https://t.co/a58uN3CYyC pic.twitter.com/5NuEZDoECZ
— Fabrizio Romano (@FabrizioRomano) January 5, 2023
चेल्सी र एन्जो फर्नान्डेज बिच व्यक्तिगत सहमति भइसके पनि चेल्सी र बेनिफिका बीच ट्रान्सफर शुल्कमा सहमति हुन असफल भए पछि दुई बिचको वार्ता असफल भएको जानकारी छ।
२०२२को विश्व कपमा निकै उत्कृष्ट प्रदर्शन देखाएका स्टार खेलाडी एन्जो फर्नान्डेजलाई साइन चेल्सी धेरै इच्छुक रहेको थियो र उनको लागि चेल्सीले €८५ मिलियनको प्रस्ताव गरेको थियो तर बेनिफिकाले चेल्सीलाई उनको १२० मिलियन युरोको रिलिज क्लज तिर्न दबाब दिँदै आएको थियो।
Excl: Chelsea official proposal for Enzo Fernández was never €120m or €127m. The final proposal made to Benfica was €85m fee. 🚨🔵🇦🇷 #CFC
Chelsea have never discussed €120m release clause.
There’s NO agreement at all after new meeting in the afternoon, as revealed earlier. pic.twitter.com/tGJpQe8Vmp
— Fabrizio Romano (@FabrizioRomano) January 4, 2023
२१ वर्षका स्टार मिडफिल्डरको खेल निकै राम्रो रहेको छ जसको कारण धेरै ठुलो युरोपियन क्लबहरूको नजर उनी माथि पर्न सुरु भएको छ जसमा ला लिगा क्लब रियल म्याड्रिड पनि रहेको थियो तर चेल्सी उनलाई साइन गर्न धेरै नजिक पुगेको थियो तर ट्रान्सफर शुल्कमा सहमति नहुँदा उक्त वार्ता टुटेको जानकारी छ।
पोर्चुगिज क्लब बेनिफिकामा एन्जो फर्नान्डेजले २५ खेल खेल्दै ३ गोल र ५ असिस्ट गरेका छन्। उनलाई बेच्न बेनिफिका इच्छुक रहेको छ र उनको लागि बेनिफिकाले १२० मिलियन सम्मको माग गर्दै आएको छ।
फर्नान्डेज २०२२को जुनमा अर्जेन्टिनाको क्लब रिभर प्लेटबाट पोर्चुगिज क्लबमा आबद्ध भएका थिए भने उनलाई बेच्न पोर्चुगिज क्लबले उनको मूल्य €१२० मिलियन सेट गरेको जुन तिर्न चेल्सी अनिच्छुक रहेको छ।