अर्जेन्टाइन गोलकिपर साइन गर्न पिएसजी र चेल्सी बीच प्रतिस्पर्धा

चेल्सी, पिएसजी र इन्टर मिलान उदनीसका गोलकीपर जुआन मुसो साइन गर्न इच्छुक रहेको खबर छ। £२७ मिलियन मूल्य रहेको गोलकिपरको प्रदर्शन निकै राम्रो रहेको छ र चेल्सी उनलाई ब्याक-अप गोलकिपरको रुपमा साइन गर्न इच्छुक रहेको खबर छ।

२६ बर्सका मुसो २०१८मा उदनीस आएका थिए र उनको राम्रो खेलले धेरै क्लबको चासो उनि माथि रहेको छ। हाल पिएसजी र चेल्सी उनलाई साइन गर्न निकै इच्छुक रहेको खबर छ भने उक्त किपर साइन गर्न दुई बीच प्रतिस्पर्धा हुने कुरा छ।

इन्टर मिलान पनि उनि माथि चासो राख्ने क्लब मध्ये एक रहे पनि चेल्सी र पिएसजी मुख्य दाबेदार हुने खबर छ। चेल्सीले आफ्नो स्टार गोलकिपर केपा बेच्ने खबर छ र उनको ठाउँ मुसोलाई दिने चेल्सीको योजना रहेको छ।