अर्जेन्टाइन क्लब गोल खानबाट यस्तो अविश्वसनीय ढंगबाट बचे पछि

अर्जेन्टिनाको लिगमा भएको निकै अविश्वसनीय घटनाको भिडियो हाल भाइरल हुँदै गएको छ। रिवर प्लेट र बोका जुनियर्स बिचको खेलमा बोका जुनियर्स दोस्रो गोल खानबाट निकै अविश्वसनीय रूपमा बचे।

खेलको ४४औँ मिनेटमा रिवर प्लेट आफ्नो दोस्रो गोल गर्दै अग्रता हासिल गर्न धेरै नजिक रहेको थियो सो समय खेल १-१को स्कोरमा रहेको थियो जब डि-बक्स भित्र रिवर प्लेटका खेलाडीको क्रस बोका जुनियर्सका डिफेन्डरको खुट्टामा लगेर गोल तिर गयो तर अविश्वसनीय रूपमा सो बल गोल लाइनबाट फेरी बाहिर जान थाल्यो।

सो बललाई फेरी पनि गोल गर्न रिवर प्लेटका स्ट्राइकरले प्रयास गरे अन्त्यमा सो बल गोलकिपरले नियन्त्रणमा लिए। त्यो समय बोका जुनियर्सले कसरी गोल खानबाट बचेको भनेर फ्यानहरू अचम्मित छन् भने सो भिडियो हाल भाइरल हुँदै गएको छ।

बोका जुनियर्स डिएगो म्याराडोनाको पूर्व क्लब हो र धेरैले सो गोल उनको आत्माले रोकेको भनेर पनि मजाक गरे। सो खेल १-१को बराबरीमा अन्त्य भएको थियो।