अर्को हप्ता बार्सिलोनाले जित्न सक्छ दुई उपाधि

ला लिगमा मंगलबार राति बार्सिलोना सेल्टा भिगोसँग अपराजित रहँदै जारी सिजनमा लिगको उपाधितर्फ एक कदम अघि बढेको छ । बार्सिलोनाले उक्त खेलबाट स्पष्ट अंक जोड्न नसके पनि १ अंक खातामा थप्दै उपाधितर्फ अघि बढेको हो ।

तर, त्यसअघि बार्सिलोनाको उपाधि सूचीमा कोपा डेल रे कप पहिलो नम्बरमा छ । किनभने, उसले शनिबार राति सेभिल्लाको घर इस्ताडियो वान्डा मेट्रोपोलिसानोमा कपको उपाधि भिडन्त गर्दैछ । सम्भवतः बार्सिलोना यो उपाधि दाबेदार हुनसक्छ । वा भनौं, उसले यो उपाधिका लागि संघर्ष गर्नेछ ।

सेभिल्लालाई हराए बार्सिलोनाले सिजनको पहिलो उपाधि रक्षा गर्नेछ । त्यसपछि बार्सिलोनाको ध्यान ला लिगामा जानेछ ।
बुधबार राति रियल मड्रिडले ला लिगमा एथलेटिको बिल्बाओसँग १–१ को बराबरी खेल्यो । यो बराबरीसँगै रियल अब तेस्रो स्थानका लागि संघर्ष गर्ने बाटोमा छ ।

यस्तो बेला दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँगको नतिजाले बार्सिलोनाले कुन चरणमा ला लिगाा उपाधि सुरक्षित गर्छ भन्ने छ । बार्सिलोनाले यो अपेक्षा गरेको छ कि, एथ्लेटिकोले बिहीबार राति हुने रियल सोसिडाडसँगको खेल र आइतबार हुने रियल बेटिस दुवैसँग खेलको गुमाउन सक्छ ।

यदि दुर्भाग्यबस, यस्तै भइदियो र एथ्लेटिकोले सोसिडाडसहितका दुई खेल लगातार गुमायो भने बार्सिलोनाले पाँच खेल बाँकी छँदै ला लिगा उपाधि सुरक्षित गर्नेछ । अर्थात्, उसले ३४औं हप्ताको खेल अघि नै उपाधि जित्ने छ ।

तर, एथ्लेटिकोले सोसिडाड र बेटिससँग दुवै खेल जितेको अवस्थामा भने बार्सिलोनाले उपाधि रक्षा गर्न इएल क्लासिकोसम्म पखर्नुपर्ने हुन्छ ।

Source: Mirrors Nepal