अर्को सिजन सिटिसंग प्रतिस्पर्धा गर्न £१५० मिलियन खर्चिदै चेल्सी

एजेन्सी, चेल्सीको मालिक रोमन एब्रामोभिचले चेल्सीको प्रशिक्षक थोमस टुचेललाई £१५० मिलियन उपलब्ध गर्ने भएको छ। टुचेलले चेल्सी सहमाले देखि चेल्सीको प्रदशनमा सुधार आएको छ।

चेल्सीले उन्को प्रशिक्षणमा एफए कप र च्याम्पियन्स लिग फाइनल प्रवेश गरिसकेको छ। त्येस्तै प्रिमियर लिगमा शिर्ष चारमा पर्ने सम्भावना बलियो बनाएको छ।

चेल्सीले गत सिजन नया खेलाडी भित्र्याउन £२५३ मिलियन खर्चेका थिए। काइ हाभर्ट्ज, टिमो वार्नर, बेन चिल्वेल, एडौर्ड मेन्डी र हाकिम जाहिचलाई अनुबन्ध गरेको थियो।

सनका अनुसार चेल्सीले सिटिसंग प्रतिस्पर्धा गर्न £१५० मिलियनको बजेट छुटाएको छ।

ब्लुज्स एउटा स्ट्राइकरको खोजीमा छ। ओलिभर जिरुड र ट्यामी अब्राहमले क्लब छोड्ने लगभग पक्का भैसके पछि नया स्ट्राइकर भित्र्याउन चाहेको हो।

गत सिजन आरबि लेप्जिगबाट चेल्सी आएको टिमो वार्नरले गोल गर्न संघर्षरत हुदा चेल्सीको अग्रपंक्ति कम्जोर देखेको छ।