“अर्को सिजन लिगको मुख्य दबेदार चेल्सी हुनेछ”

लिभरपुलका लेजेण्ड ग्रीम सउनेसको विश्वास छ कि अर्क सिजन चेल्सी लिग जित्ने मुख्य दाबेदार हुनेछ। हाल प्रिमियर लिगमा म्यान सिटीको दबदबा रहेको छ र लिगको लागि सिटीलाई चुनौती दिन सक्ने कुनै क्लब नरहेको उनले बताए भने अर्को सिजन चेल्सीले लिगको लागि सिटीलाई कडा चुनौती दिने ग्रीम सउनेसको विश्वास छ।

“जब तपाईँ चेल्सीको मुख्य खेलाडीहरू र वैकल्पिक खेलाडीको टिमलाई हेर्नुहुन्छ, चेल्सीलाई म्यानचेस्टर सिटी पछि प्रिमियर लिगमा दोस्रो सर्वश्रेष्ठ टिमको रूपमा म देख्छु।- लिभरपुलका लेजेण्ड ग्रीम सउनेसले बताए।

“मलाई लाग्छ यो सिजन सिटीको अतुलनीय टिम छ, र म यहाँ सम्मको भन्छु कि यो टिम अङ्ग्रेजी फुटबलमा मैले देखेको सबभन्दा राम्रो हो। तर मलाई लाग्छ चेल्सीको टिम दोस्रो सर्वश्रेष्ठ रहेको छ।

“चेल्सी हाल निकै राम्रो स्थितिमा छ पोर्तो सँग चेल्सीले राम्रो गरेको छ च्याम्पियन्स लिगको सेमी फाइनलमा चेल्सी धेरै समय पछि पुग्न लागेको छ।

“हाल चेल्सीको टिम युवा खेलाडीले भरेको छ र अर्को सिजन उक्त टिम झन् राम्रो हुने छ। अर्को सिजन लिगको मुख्य दाबेदार चेल्सी हुनेछ र सिटीलाई चेल्सी कडा चुनौती दिने छ ।