लियोनेल मेस्सी अर्को सिजन पेरिस सेन्ट-जर्मेनबाट खेल्ने फुटबल पण्डित डानियल रिओलोको दाबी छ। फ्रेन्च फुटबल पण्डितको विश्वास छ कि २०२१मा मेस्सी र बार्सा बीचको सम्झौता अन्त्य भए पछि मेस्सी पिएसजीमा जाने छन्।
According to @DanielRiolo, Barcelona’s Lionel Messi will be a PSG player “next year.”
“I am very serious. Messi will be at PSG next year.” https://t.co/rOs6uurA5E
— Jonathan Johnson (@Jon_LeGossip) December 3, 2020
मेस्सी र बार्सा बीचको सम्झौता अन्त्य हुने क्रममा रहेको छ मेस्सीले क्लब छोड्ने आफ्नो मनसाय स्पष्ट गर्दै आएका छन्। हालको सिजन सुरु हुनु अगाडी पनि उनि क्लब छोड्ने नजिक रहेका थिए तर बार्साले उनलाई क्लब छोड्ने दिएका थिएनन् भने सम्झौता अन्त्य भए पछि उनि फ्री एजेन्टको रुपमा क्लब छोड्न पाउने छन्।
RMC pundit Daniel Riolo: “Lionel Messi will be at PSG next year. I am being very serious. Messi will be at PSG next year.”
— Get French Football News (@GFFN) December 3, 2020
म्यान सिटी उनलाई साइन गर्ने मुख्य दाबेदार रहेको चर्चा हुँदा पिएसजी पनि उनलाई साइन गर्न इच्छुक रहेको कुरा छ भने उनि अर्को सिजन पिएसजीबाट खेल्ने फुटबल पण्डित डानियल रिओलोको दाबी रहेको छ। नेमारले पनि मेस्सी संग फेरी खेल्ने आफ्नो इच्छा रहेको बताएका थिए।